सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झाउन कार्यदल बनेसँगै शीर्ष तीन नेताले पार्टीका दुई अध्यक्षप्रति शंका व्यक्त गरेका छन्। कार्यदल बनाएपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलबारे ब्रिफिङ गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा बोलाएका बेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच सबै कुरा मिलाएर देखाउन हो कि साँच्चीकै विवाद समाधान गर्न कार्यदल बनाएको हो भनेर शंका व्यक्त गरेका थिए।
उनीहरूरुले कार्यदल गठनप्रति असहमति व्यक्त नगरेको तर त्यसको गठन प्रक्रिया र कार्यादेशबारे असहमति व्यक्त गरेको स्रोतले जनाएको छ। ‘दुई अध्यक्ष बसेर कार्यदल बनाउने होइन, पार्टी कमिटीले वैधानिकता दिनुपर्छ भन्ने प्रसंग उठेको हो, यसको कार्यादेश र कार्यक्षेत्र पनि पार्टी कमिटीले तोक्नुपर्छ भनेर कुरा राखेको हो, साथीहरूले पनि त्यही भन्नुभयो,’ वरिष्ठ नेता खनालले भने।
दुई अध्यक्षबीचको छलफल बिफ्रिङ सुन्न शनिबार बिहान खुमलटार दाहालनिवास पुगेका तीन नेताले कार्यदल कुन कमिटीले अनुमोदन गरेको भनेर प्रश्न गरेका थिए। उनीहरूले कार्यदल बनाउँदा पनि सचिवालय बैठकबाट बनाएको भए राम्रो सन्देश जाने र विधिको प्रयोग हुने बताएका थिए। दाहालले त्यसप्रति ख्याल नगरिएको प्रतिक्रिया दिएको स्रोतले जनाएको छ।नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया