झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा एकरूपता ल्याई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठकोे संयोजकत्वमा गठित एकीकृत छाता ऐन मस्यौदा तर्जुमा समितिले प्रतिवेदन नदिँदै प्रतिष्ठानका सहकुलपति तथा मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा एकरूपता ल्याई व्यवस्थित गर्न क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गर्ने रहेको र सोहीबमोजिम मन्त्रालयले असार १२ गते मन्त्रीस्तरीय निर्णय गर्र्दै डा। श्रेष्ठको संयोजकत्वमा ऐनको मस्यौदा तर्जुमा समिति गठन गरेको थियो।
तर मन्त्री ढकालले आफ्नै निर्णय लत्याउँदै बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने उद्देश्यले हतारमा प्रतिष्ठानको सिनेट राखेर उपकुलपति ज्ञानेन्द्र गिरीको संयोजकत्वमा नौ सदस्यीय अर्को कार्यदल गठन गरेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन्। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया