दसैंलाई ३ हजार खसीबोका ल्याइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।
बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले यो वर्ष तीन हजारको संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्न लागेको हो । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरी उपभोक्ता ठग्ने प्रवृत्ति रोक्न हरेक वर्ष खसीबोका खरिद गरी ल्याउने गर्दछ ।

कम्पनीले यस वर्ष १ हजार ६ सय खसीबोका र १ हजार ४ सय च्याङ्ग्रा खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । च्याङ्ग्रा र खसीबोका खरिद गर्नका लागि कम्पनीले ५९ करोड ९८ लाख ४ हजार रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ । कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?