सलमान-आमिर खानसहित यी कलाकार थिए फिल्ममा आउनु अघिकै ‘बेस्ट फ्रेण्ड’

काठमाडौं । अहिलेका चर्चित बलिउडमा केही कलाकार रिल लाइफमा मात्र नभएर रियल लाइफका पनि साथी हुन् । त्यो पनि साथै उमेरदेखिका । ती

कलाकारबारे एक चर्चाः

सलमान खान र आमिर खान

अभिनेता सलमान खान र आमिर खान सानैदेखिको साथी हुन् । यी दुबै एउटै स्कुलमा पढ्थे । दुई कक्षाको समय यी दुबै एउटै क्लासमा थिए । फिल्म ‘अन्दाज अपना अपना’मा सलमान र आमिरले एकसाथ काम गरेका थिए । दुबैको जोडी फिल्ममा दर्शकले निकै मन पराएका थिए ।

अभिनेत्री आथिया शेट्टी र कृष्ण श्राप

अभिनेत्री आथिया शेट्टी र ज्याकी श्रापकी छोरी कृष्णा श्राप पनि एउटै स्कुलमा पढ्दथे । एउटै स्कुलमा पढे पनि यी दुबैको कक्षा भने फरक रहेको थियो ।

करण जौहर र ट्वीकल खन्ना

अभिनेत्री ट्वीकल खन्ना र निर्माता निर्देशक करण जौहर पनि सानैदेखिको साथी हुन् । एउटै स्कुलमा यी दुबैले अध्यायन पुरा गरेका थिए । यो कुरा अभिनेत्री ट्वीकलले एक अन्तवार्ताको क्रममा बताएकी थिइन् ।

श्रद्धा कपुर र टाइगर श्राप

श्रद्धा कपुर र टाइगर श्रापले एकसाथ केही फिल्म काम गरेका छन् । ठुलोपर्दामा यी दुबैको जोडी दर्शकले रुचाएका छन् । यी दुबै कलाकार सानैदेखीका साथी हुन् । मुम्बईमा दुबै एउटै स्कुलमा पढ्दथे ।

अभिनेता वरुण धवन र अर्जुन कपुर

चर्चित अभिनेता वरुण धवन र अर्जुन कपुर पनि सानैदेखिको साथी हुन् । एकै स्कुलमा दुबैले अध्ययन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?