क्रिकेटर सुरेश रैनाले गरे सन्यासको घोषणा

काठमाडौं । अहिले घरेलु तथा अन्तराष्ट्रिय क्रिकेट खेल चल्तीमा छैन भने खेलाडीहरु फुर्सदिला बनेका छन् । यही फुर्सदकै क्रममा भारतीय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

रैनाले शनिबार सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । ३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए ।

रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् । केही अघि भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले पनि सन्यासको घोषणा गरेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?