प्यूठानमा एकदिनमै २ जनाले गरे आत्महत्या

प्यूठान । प्यूठान जिल्लामा एक दिनमै दुइ जनाले आत्महत्या गरेका छन् । प्यूठानको बाग्दुला स्थित पक्कीपुलबाट झिमरुक नदिमा हाम फाल्दा प्यूठान नगरपालिका १० बडरा निवासी ५० वर्षिय धनिराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

नीजको शव प्यूठान नगरपालिका ४ स्थित राना बगरमा फेला परेको हो । मृतक मानसिक सन्तुलन ठिक नभएको र औषधी सेवन गर्दै आएकोले पुलबाट हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै मल्लरानी गाउँपालिका ४ बुढाचौर निवासी ६५ वर्षीय तुल्सीराम विकले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले बताए । आफ्नो घर देखि एक किलोमिटर दक्षित तर्फको वरको बोटमा नाम्लोको डेरीले झुन्डिएको अवस्थाका प्रहरीले फेला पारेको उनले जानकारी दिए । स्थानियको खबर अनुसार प्रहरी घटना स्थल पुगेको थियो । झुन्डिएको अवस्थामा पेला परेको शवलाई मृतकका छोरा सन्तोष विकले बुझिलिएको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?