कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ

बारा । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बा रहेको प्रहरीले प्रहरीले जनाएको छ ।

उनले आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरि हत्या गरेको अभियोग रहेको छ ।

सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?