भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

अब भारतीय राष्ट्रिय टिमबाट उनी खेलेको देख्न सकिँदैन । तर आईपीएलमा भने उनी देखिने छन् । ३९ वर्षीय धोनीले यो भन्दा पहिला नै टेस्ट क्रिकेटबाट भने सन्यास लिइसकेका थिए । तर वन डे र टि २० मा भनने भारतीय टिममा सहभागि थिए । तर अब धोनीले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । उनका धेरै कीर्तिमान रहेका छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेख्दै सन्यास लिएको घोषणा गरेका हुन् । एजेन्सीको सहयोगमा

View this post on Instagram

A post shared by M S Dhoni (@mahi7781)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?