शनिवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । काठमाडौंमा उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका १ जना, वीर अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना र भक्तपुरका १ जना, वीर अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना र भक्तपुरका ८ जना, नेपाल पुलिस अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २४ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २४ जना, वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, सुरिया ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना र स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा गरि काठमाडौं उपत्यकामा एकैपटक ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैबीच नेपालमा आज (शनिवार) थप ४६८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

नेपालमा हिजो (शुक्रवार) ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?