भक्तपुरमा कति थपिए कोरोना संक्रमित ? यस्तो छ पछिल्लो तथ्यांक

भक्तपुर । भक्तपुरमा बितेको २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज मात्रै काठमाडौं उपत्यकाका ३ जिल्लामा थप ९८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ८० र ललितपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?