नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु, धनुषा, कपिलवस्तु र पर्साका १/१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।

हालसम्म मृत्यु हुनेमा ८० जना पुरुष र २२ जना महिला रहेको पनि डा. गौतमले बताए ।

मृत्यु हुनेमा कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका वडा नं ७ निवासी ४० वर्षीय १ पुरुष रहेका छन् । उनको आज नै लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा निधन भएको हो ।

त्यस्तै पर्सा जिल्ला विरगञ्ज महानगरपालिका वडा नं १२ निवासी ६० वर्षीय एक पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । उनको हिजो साँझ ७ बजे नारायणी कोरोना अस्थायी अस्पतालमा निधन भएको हो ।

त्यस्तै धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका वडा नं ४ निवासी ५० वर्षीय १ पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको छ । उनको साउन २९ गते निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?