काठमाडौं । कोरोना भाइरसको महामारीबाट बच्नको लागि रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका छ ।

त्यसपछि रुसी भ्याक्सीनलाई लिएर विभिन्न प्रश्नहरु उठेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको भ्याक्सीन आफूले बनाएको दाबी गरेका छन् ।

साथै उनले आफ्नी छोरीलाई उक्त भ्याक्सीन लगाएको समेत बताएका छन् ।

यसैबीच रुसका प्रमुख डाक्टरले रुसले बनाएको भ्याक्सीनको प्रक्रियालाई लिएर राजिनामा दिएका छन् ।

रुसका श्वासप्रश्वाससम्बन्धी प्रमुख डा. एलेक्जेन्डर कुशलिनले राजिनामा दिएका हुन् ।रुसले भ्याक्सीन बनाउँदा प्रक्रिया पालना नगरेको बताएका छन् ।
![]()
उनले भ्याक्सीन बनाउँदा मेडिकल एथिक्सको गम्भीर उल्लंघन भएको बताएका छन् ।

उनले राजनीतिक दाबाबका कारण भ्याक्सीनको ट्रायल राम्रोसँग हुन नसकेको बताएका हुन् । उनी रुसी हेल्थ मिनिस्ट्रीका एथिक्स काउन्सिल सदस्य पनि हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया