काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
भारतको ७४ औँ स्वतन्त्रता दिवसमा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका हुन् । अन्य कुराहरु भने परराष्ट्र मन्त्रालयले जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए ।
आज बिहान प्रधानमन्त्री ओलीले ट्वीट गर्दै मोदीलाई शुभकामना दिएका थिए । उनले ट्वीटरमा लेखेका छन्, ‘बधाई तथा शुभकामना, प्रधानमन्त्री नरेन्द्र मोदीजी, भारतको ७४ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु ।’
नेपाल भारत सीमा विवादलगायतका विषयमा दुरी बढीरहेको अवस्थामा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसर पारेर फोन संवाद गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया