काठमाडौं । पञ्जाव क्रिकेट एसोसिएशन (पीसीए) ले भारतका पूर्व ब्याट्म्यान युवराज सिंहलाई पुनः क्रिकेट खेल्नका लागि अपील गरेका छन् ।
पीसीएले ३८ वर्षीय युवराजलाई सन्यास फिर्ता लिएर प्रदेशको टिमको खेलाडी र मेन्टर बन्नको लागि आग्रह गरेको हो । तर युवराजले भने यसमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
पीसीए सचिव पुनीत बालीले आफूले युवराज सिंहलाई अन्य खेलाडीलाई मार्ग दर्शन गराउन उक्त आग्रह गरेको बताएका हुन् ।
बायाँ हाते ब्याट्सम्यान युवराजले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ४० टेस्ट, ३०५ वन डे इन्टरनेशनल र ५८ टी-२० इन्टरनेशनल म्याच खेलेका छन् ।
सन् २०१९ मा उनलाई विश्वकपको टिममा नचुने पछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । त्यसपछि उनी विदेशी लिग खेल्न थालेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया