नेकपा विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलको बैठक शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन गठन भएको ६ सदस्यीय कार्यदलको बैठक शुरु भएको छ ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठकले कार्यदल गठन गरेसँगै सहमति खोज्न प्रयास शुरु भएको हो ।

कार्यदलका बैठक भैसेपाटीमा शुरु भएको र विवादित विषयमा सहमति खोज्न गृहकार्य भइरहेको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?