काठमाडौं । युगान्डाका २३ वर्षीय धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा आफ्नो नामको विश्व कीर्तिमान बनाएका छन् । शुक्रवार फ्रान्सको मोनाको भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
२३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् ।
कसको थियो पुरानो कीर्तिमान ?
पाँच हजार मिटरमा इथोपियाका केनीनिसा बेकेलेको नाममा १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमान रहेको थियो । इथोपियाका लेजेण्ड उनले सन् २००४ मा कीर्तिमान बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया