काठमाडौं । शुक्रवार साँझ काठमाडौं तारकेश्वरस्थित मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न भएको आरोपमा आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिइएको लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनमैजुको एक खाजा घरमा दुई पक्षबीच सामान्य विवाद हुँदा तामाङलाई छुरा प्रहार भइ घाइते उनको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको हो ।
गोंगबुको सुकुम्बासी टोलबाट तामाङ हत्याको मुख्य संलग्न भएको आरोपमा शनिबार शेर्पालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। साथै मृतक तामाङ गोंगबु सुकुम्वासी टोलमा बस्दै आएका थिए।
साथै घटनामा संलग्न रहेका अरू तीन जनालाई पनि नियन्त्रण गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया