बार्सिलोनाविरुद्धको खेलमा मुलर ‘म्यान अफ दी म्याच’

काठमाडौं । बायर्न म्युनिखका थोमस मुलर म्यान अफ दी म्याच चुनिएका छन् । उनले बार्सिलोना विरुद्धको खेलमा दुई गोल गरेका थिए ।

उनले खेलको ४ औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मुलरले बायर्नलाई पहिलो हाफमा ४–१ ले अघि बढाएका थिए ।

मुलरले क्वार्टरफाईनलमा म्यान अफ दी म्याच अवार्ड प्राप्त गरेका हुन् । बायर्नले बार्सिलोनालाई ८–२ ले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

बायर्नले फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग भिड्ने छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?