च्याम्पियन्स लिग : बायर्नले चखायो बार्सिलोनालाई नमिठो हार !

काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा लज्जास्पद हार व्यहोरेको छ । शुक्रवार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेको हो ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । जितसँगै बायर्नले सेमि फाइनलमा प्रवेश गरेको छ ।

मुलरले खेलको ४ औं मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसँगै बार्सिलोना खेलमा फर्किएको थियो ।

२८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।

५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को बनाए । त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई हार चखायो ।

जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

८५ औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए । बायर्नले अब फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग खेल्नेछ ।

  • ऐजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?