सपथको व्यवस्था मिलाइदिन रेशम चौधरीको निवेदन

काठमाडौं, १८ फागुन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले निर्वाचित भएको प्ररमाणपत्र पाउन र सपथग्रहण कार्यक्रममा उपस्थित हुन आवस्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन् कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले कारागारबाटै २० फागुनमा हुने सपथग्रहरणमा उपस्थिति हुन पाउँ भन्दै निवदेन दर्ता गराएको खबर आजको राजधानी दैनिकमा छ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीले निवदेदन दर्ता गराएको पुष्टि गरे । उनको निवेदन संघीय संसद सचिवालयमा पठाउने प्रशासनको तयारी रहेको छ । चौधरी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?