कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या शुक्रबार सय नाघेको छ ।
शुक्रबार थप दुई जनाको मृत्यु पुष्टि भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । बिहीबार कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएका विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय युवकमा शुक्रबार संक्रमण पुष्टि भएको हो ।

बिहीबारै मृत्यु भएका धनुषाको जननन्दनी गाउँपालिका–४ का ५० वर्षीय पुरुषमा पनि शुक्रबार कोरोना पुष्टि भएको हो ।कान्तिपुरमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?