सांसद डा.सूर्यनारायण यादवसहित १ सय ९९ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टीको तर्फबाट सप्तरी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादव सहित १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा शुक्रबारसम्म धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरी र बारामा २०/२० जना र सिरहामा १ जना व्यक्ति संक्रमित छन् ।

यस प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ भने संक्रमित मध्ये ५ हजार ८ सय ६८ पुरुष र ७ सय ५९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?