काठमाडौं । कोरोना संक्रमण फैलिन नदिनको लागि नवलपरासी पश्चिममा जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्वास्थ्य सुरक्षाको अवस्थालाई ध्यान दिँदै साउन ३१ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय अनुसार उक्त निषेधाज्ञा भदौ ६ गते राति १२ वजे सम्मका लागि कायम रहनेछ ।
शुक्रवार एक प्रेस विज्ञप्ती गर्दै निषेधाज्ञा लागू गरिएको एक हप्ताको अवधी भित्र मानिसहरु बिचमा जमघट, भेला, जुलुस, सभा, समिक्षा, गोष्ठीजस्ता मानिस जम्मा हुने प्रकारका कुनै पनि काम गर्न नपाउने उल्लेख गरेको छ ।
प्रमख जिल्ला अधिकारी सागरमणि पाठकले हस्ताक्षर गरेको प्रेश विज्ञप्तीमा यो अवधिमा धार्मिक स्थलमा पनि दैनिक नित्य हुने पूजाबाहेकका कुनै पनि प्रकारका जमघट हुने काम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय नवलपरासीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया