संसारकै सबैभन्दा सस्तो विद्युतीय बाइक ‘डिटेल इजी’ लन्च

काठमाडौं । स्टार्ट अप कम्पनी डिटेलले १९ हजार ९ सय ९९ भारु पर्ने नयाँ दुुई पाङ्ग्रे सवारी साधन ‘डिटेल इजी’ लन्च गरेको छ । कम्पनीले यो संसारकै सबैभन्दा सस्तो बाइक रहेको दाबी गरेको छ ।

कम्पनीका अनुसार यो विद्युतीय बाइक बलियो र भरपर्दो पनि छ । यसले प्रदूूषण कम गर्छ । यसलाई खरिद गर्नमात्रै होइन चलाउन पनि कमै खर्च गरे पुुग्छ । यसमा ६ पाइप नियन्त्रित २५० डब्ल्यु इलेक्ट्रिक मोटर छ । यस विद्युतीय सवारी प्रतिघण्टा अधिकतम २५ किलोमिटरसम्म कुद्न सक्छ । डिटेल इजी ४८ भी १२ ए लाईफ पीओ ४ ब्याट्रीलाई ७ देखि ८ घण्टासम्म फुल चार्ज गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

यस साधन चलाउनका लागि चालकलाई लाइसेन्सको जरुरी पनि पर्नेछैन । त्यस्तै, यस साधनको दर्ता प्रमाणपत्र पनि आवश्यकता पर्दैन । कम्पनीले यस सवारी साधन किशोरहरुलाई बेच्ने लक्ष्य राखेको छ । यो साधन ती व्यक्तिका लागि फाइदाजनक साबित हुनसक्छ, जो दैनिक कम दूरीको यात्रा गर्छन् । यस साधनमा दुुईजना व्यक्ति सवार हुनसक्छन् । कम्पनीले नयाँ साधनमा ब्रेकिङ सिस्टमका रुपमा ड्रम ब्रेक रहेको जनाएको छ । कम्पनीका अनुसार जेट ब्ल्याक, पर्ल व्हाइट र मेटालिक रेडगरी तीन रंगमा यी साधन उपलब्ध बजारमा उपलब्ध छन् ।

डिटेल कम्पनीले कोभिड–१९ संकटको समय भारतीय बजारमा मास्क, सेनिटाइजर र पिपिई समेत बिक्री गरेको थियो । २०१७ मा स्थापना भएको यस कम्पनीले यसअघि भारतमा २ सय ९९ रुपैयाँमा फोन र ३ हजार ९ सय ९९ रुपैयाँमा एलईडी टिभी लन्च गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?