काठमाडौं । कोरोना महामारीको जोखिम बढेसँगै सर्वोच्च अदालतले विभिन्न अदालतबाट प्रवाह हुने सेवामा संकुचन गर्ने भएको छ ।
सर्वोच्चले शुक्रवार एक विज्ञप्ति जारी गर्दै आगमी भदौ १५ गतेसम्मका लागि विभिन्न अदालतबाट प्रवाह हुने सेवामा संकुचन ल्याउन निर्णय गरेको हो ।
जसअनुसार बन्दी प्रत्यक्षीकरण रिटसहित केही संवेदनशील मुद्धामात्र सुनुवाई गर्ने गरी सेवामा संकुचन ल्याएको हो । अस्पताल, अदालत तथा अन्य सार्वजनिक ठाँउमा दैनिक जसो मानिसहरुको भीड लाग्ने गर्दछ । कोरोना महामारीको जोखिम न्युनीकरणका लागि अदालतमा भिडभाड हुन नदिन बन्दी प्रत्यक्षीकरणको रिट, विषयवस्तुको संवेदनशीलता र तत्काल सुनुवाई गर्नुपर्ने प्रकृतिको रिटको दर्ता र सुनुवाई मुद्धा फिर्ता र मिलापत्रसम्बन्धी काम कारबाही मात्र गर्ने सर्वोच्च अदालतद्वारा जारी सूचनामा भनिएको छ ।
सर्वोच्चका अनुसार काठमाडौं उपत्यकाभित्रका सेवाग्राहीले हदम्याद, म्याद र तारेख लिन अदालतमा उपस्थित हुनपर्ने अवस्थाको हकमा सोही बमोजिम हुने गरी सेवा प्रवाहको व्यवस्था समेत मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया