काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यलय काठमाडौंले उपत्यकामा नयाँ नियम लागू गर्दै विभिन्न क्रियाकलापमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि आगामी भदौ १५ गतेसम्मका लागि विभिन्न क्रियाकलापमा रोक लगाएको जनाएको छ ।
जारी गरिएको विज्ञप्तिमा खुल्ला स्थानमा जम्मा हुन, भीडभाड गर्न नपाइने, उद्योग व्यापार व्यवसायमा स्वास्थ्यका मापदण्ड बाहेकका क्रियाकलाप बन्द साथै होटल तथा रेष्टुरेण्टमा टेक वे मात्र गर्न आदी क्रियाकलाप गर्न बन्द गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया