काठमाडौं । सर्लाहीमा बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पुरानो रिसईबिको कारण सामन्य बिबाद भई झै-झगडा हुँदा चन्दनले सोही ठाउँ बस्ने १९ वर्षीय बिपिन यादबलाई बन्चरो प्रहार गरी घाइते बनाएपछि ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते साहलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया