नेपालमा कोरोना अपडेट : थप ४ जनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित ?(विवरणसहित)

नेपालमा आज (शुक्रवार) थप ५९४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

नेपालमा हिजो (शुक्रवार) ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

प्रयोगशाला जिल्ला जम्मा
वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान धनुषा
मोरंग
सुनसरी २२
कोशी अस्पताल, विराटनगर मोरंग २५
सप्तरी
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, बिराटनगर
झापा
मोरंग ३३
सिराहा
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, जनकपुरधाम धनुसा ४९
महोत्तरी १८
सप्तरी
सरलाही
सिन्धुली
उदयपुर
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशाला सप्तरी ११
सिरहा
नारायणी अस्पताल, बीरगंज बारा २०
मोहत्तरी
पर्सा २७
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु बारा
भक्तपुर
काठमाडौं २३
ललितपुर
नुवाकोट
पार्सा ४१
सरलाही
सिन्धुपाल्चोक
पाटन स्वास्थ्य बिज्ञान प्रतिस्थान बाजुरा
बारा
भक्तपुर
चितवन
धादिंग
धनुसा
हुम्ला
कैलाली
काठमाडौं
ललितपुर २६
महोत्तरी
मकवानपुर
पर्सा
रूपन्देही
सरलाही
सुनसरी
बि एण्ड बि अस्पताल काठमाडौँ
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु काठमाडौं १६
ललितपुर
पार्सा
रौतहट
सर्लाही
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला/ राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवन चितवन १२
मकवानपुर
नवलपरासी पूर्व
सर्लाही
तनहुँ
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा सिन्धुली
धनुसा
महोत्तरी
मकवानपुर १६
मोरंग
रौतहट
धुलिखेल अस्पताल, धुलिखेल दोलखा
सिन्धुली
वीर अस्पताल, काठमाडौँ काठमाडौँ
नेपाल प्रहरी अस्पताल काठमाडौँ १३
स्टार अस्पताल प्रयोगशाला , सानेपा बारा
भक्तपुर
चितवन
कैलाली
काठमाडौं
ह्याम्स हस्पिटल काठमाडौँ १०
नेपाल कोरिया मैत्री अस्पताल धनुषा
काठमाडौँ
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा/प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी कास्की
लम्जुङ्ग
नवलपरासी पूर्व
पर्वत
स्यांजा
तनहुँ २१
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रुपन्देही
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ दाङ्
भेरी अस्पताल, नेपालगन्ज बाँके २२
बर्दिया
सुर्खेत
नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.ली.,बुटवल रुपन्देही ११
लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला कपिलबस्तु
सेती प्रदेसिक अस्पताल अछाम
कैलाली
कंचनपुर
प्रादेसिक अस्पताल सुर्खेत सल्यान
सुर्खेत १८
स्वास्थ्य कार्यालय दैलेख दैलेख
डडेल्धुरा अस्पताल बझांग
जम्मा ५९४

नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु

नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

मृत्यु हुनेमा मोरङ र सिरहाका १/१ जना पुरुष र बाराका २ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंसहित यी ४ जिल्लमा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं

हाल कोरोना संक्रमित नभएका ४ जिल्ला

  • डोल्पा
  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ

शुक्रवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैपटक थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा काठमाडौंका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २१ जना, भक्तपुरका ३ जना र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १६ जना र ललितपुरका ३ जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, भक्तपुरका १ जना र ललितपुरका २६ जना, बी एण्ड बी अस्पतालमा गरिउको स्वाब परीक्षणमा काठमाडौंका १, धुलिखेल अस्पताल धुलिखेलमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौैंका ६ जना र भक्तपुरका २ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जनामा गरि काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बढ्न थाले क्वारेन्टाइनमा बस्नेको संख्या, कुन प्रदेशमा कति ? (सूचीसहित)

प्रदेश नं १ मा २ हजार ८ सय २३ जना

प्रदेश नं २ मा १ हजार ६ सय १९ जना

बाग्मती प्रदेशमा १ हजार ९० जना

गण्डकी प्रदेशमा ३ हजार जना

प्रदेश नं ५ मा २ हजार १ सय १५ जना

कर्णाली प्रदेशमा ७ सय ८४ जना

सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ७ जना

 

न्यूरोडको एक व्यापारीमा देखियो कोरोना, विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ ।

व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । शुक्रबारबाट लागु हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?