काठमाडौं । गत मंगलवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वमै सबैभन्दा पहिला कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएको दाबी गरे ।

उनले दाबी मात्र गरेनन् उक्त भ्याक्सीन आफ्नी छोरीले पनि लगाएको बताए ।

त्यसपछि विश्वका विभिन्न देशहरुले रुससँग अहिलेसम्म ५ अर्ब भन्दा धेरै भ्याक्सीनका डोजहरु अर्डर गरेको छ । साथमा बधाई पनि दिएको छ ।

रुसले बनाएको कोरोना विरुद्धको भ्याक्सीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भने चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओले आफूलाई रुसको भ्याक्सीनको सम्पूर्ण जानकारी नआईसकेको भन्दै विश्वस्त रहन नसकेको बताएको हो ।

यसैबीच अमेरिकाले भने,रुसले बनाएको उक्त भ्याक्सीनको खिल्ली उडाउँदै रुसको कोरोनाविरुद्धको भ्याक्सीन बाँदरमा समेत प्रयोग गर्न लायक नभएको बताएको छ ।

अमेरिकाका सार्वजनिक स्वास्थ्य अधिकारीले आधा र अधुरो भ्याक्सीन बाँदरका लागि पनि प्रयोग गर्न योग्य नरहेको भन्दै खिल्ली उडाएका हुन् ।

रुसले भने अमेरिकाले रुसको भ्याक्सीनलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

रुसले रुसी भ्याक्सीनले नै अमेरिकीको ज्यान बच्न सक्ने र आफ्नो भ्याक्सीनलाई नहेप्न अनुरोध गरेको छ ।

रुसका एक वरिष्ठ अधिकारीले सीएनएनसँग भने, ‘यदि हाम्रो भ्याक्सीन सबैभन्दा राम्रो साबित भएमा, अमेरिकालाई किन गम्भीरतासँग सोचिनछु भन्ने चिन्ता हुनेछ ।’

उनले भ्याक्सीनमा राजनीति नगर्न पनि बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया