काठमाडौं । हाल नेपालमा १४ हजार ६ सय ३८ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढीरहेको छ ।
गत साउन २२ गतेको तथ्यांक हेर्ने हो भने देशभरको क्वारेन्टाइनमा ९ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका थिए । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै क्वारेन्टाइनका बस्नेको संख्यामा पनि बृद्धि भएको हो ।
हाल कुन प्रदेशका कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा २ हजार ८ सय २३ जना
प्रदेश नं २ मा १ हजार ६ सय १९ जना
बाग्मती प्रदेशमा १ हजार ९० जना
गण्डकी प्रदेशमा ३ हजार जना
प्रदेश नं ५ मा २ हजार १ सय १५ जना
कर्णाली प्रदेशमा ७ सय ८४ जना
सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ७ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया