शुक्रवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैपटक थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा काठमाडौंका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २१ जना, भक्तपुरका ३ जना र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १६ जना र ललितपुरका ३ जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, भक्तपुरका १ जना र ललितपुरका २६ जना, बी एण्ड बी अस्पतालमा गरिउको स्वाब परीक्षणमा काठमाडौंका १, धुलिखेल अस्पताल धुलिखेलमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौैंका ६ जना र भक्तपुरका २ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जनामा गरि काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज भेटिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (शुक्रवार) थप ५९४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

नेपालमा हिजो (शुक्रवार) ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?