भक्तपुर । काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये भक्तपुरमा सबैभन्दा कम कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा भक्तपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ३ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जना र स्टार अस्प्तालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज ललितपुरका ३० सहित काठमाडौंमा ८३ र भक्तपुरमा ६ गरी १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया