ललितपुरमा एकैदिन थपिए ३० कोरोना संक्रमित

ललितपुर । ललितपुरमा बितेको २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ३ जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज ललितपुरका ३० सहित काठमाडौंमा ८३ र भक्तपुरमा ६ गरी १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?