कोरोनाको कारण थप ४ जनाको मृत्यु, मृतक संख्या ९९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

मृत्यु हुनेमा मोरङ र सिरहाका १/१ जना पुरुष र बाराका २ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बितेको २४ घण्टामा थप २ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ७७ रहेको छ । भने बितेको २४ घण्टामा देशका विभिन्न ३९ वटा प्रयोगशाला मार्फत ११ हजार ५ सय ७५ गरी आजसम्म जम्मा ४ लाख ९४ हजार ६ सय १६ पीसीआर परीक्षणहरु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?