कतारबाट आज २६३ नेपाली स्वदेश फर्किए

दोहा । कतारमा कोरोनाको कारण सिर्जित असहज परिस्थितिका कारण समस्यामा परेका २ सय ६३ नेपाली आज स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको NA 2392 को ३० औं उडान मार्फत २६३ जना नेपालीहरू नेपाल फर्किएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

वैदेशीक रोजगारीको शिलशिलामा कतारमा रहेका र असहज परिस्थितीका कारण नेपाल फर्किनै पर्ने नेपालीहरुले राजदूतावासले  उपलब्ध गराएको व्यहोरा भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज स्वदेश फर्किएका हुन् ।

त्यस्तै आज नेपाल प्रस्थान गरेका नेपालीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?