काठमाडौं । काठमाडौं महानरपालिका वडा नं १६ ले बालाजुमा रहेको जनमैत्री अस्पताल सञ्चालनका लागि आवाज उठाएको छ । काठमाडौं उपत्याकामा कोरोना संक्रमित बढेसँगै अस्पतालहरुमा संक्रमित राख्ने ठाँउको अभावलाई मध्यनजर गर्दै हाल बन्द रहेको ३ सय शैयाको अस्पताल सञ्चालनको लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको हो ।
कामनापा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिम आफ्नो वडामा पनि परेकोले उक्त अस्पताल सञ्चलालनमा ल्याई जोखिम न्यूनिकरणका लागि सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
त्यस्तै अस्पताल सञ्चालनमा कुनै समस्या परेमा कामनापा १६ र काठमाडौं महानगरले समेत आवश्यक सहयोग पुर्याउने प्रतिवद्धता रिजालले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया