काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ताले उक्त निर्णय गरेको हो ।
अदक्षद्वयले गठन गरेको कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डेको समेत नाम समेटिएको छ ।
यसअघि बसेको अध्यक्षद्वयको बैठले छिट्टै समस्या समाधानको बाटोमा लैजाने विश्वास नेकपाका दोस्रो तहका नेताहरुले विश्वास व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया