होली खेल्दा घरको छतबाट खसेर बालकको मृत्यु

पोखरा, १७ फागुन – होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका–२ बिन्ध्यवासिनीका ११ वर्षीय आविस्कार रेग्मी रहेको छ । घरको दोस्रो तल्लाको छतबाट खस्दा उनको मृत्यु भएको हो होली खेल्ने क्रममा आप्mनै घरको छतबाट अचानक खसेर टाउकोमा गम्भीर चोट लागेका रेग्मीको पोखरास्थित फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?