काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ ।
बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९७ हजार ८ सय रहेको थियो । भने आज तोलामा ८ सयले बृद्धि भइ प्रतितोला सुन ९८ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९८ हजार १ सय रहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ६० रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ९५ रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय ५५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया