कोरोनाको उच्च जोखिममा महानगरका कर्मचारी

सरकारले कोरोना संक्रमितको सम्पर्कमा रहेका वा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई एकैपटक नखटिन दिएको आदेशको दुई महानगरपालिकाले बेवास्ता गरेका छन् ।

उपत्यकाको काठमाडौं र ललितपुर महानगरपालिकाभित्र कोरोना संक्रमित देखिएका व्यक्तिसँग निकट भएका परिवार, आफन्त र साथीभाइको कन्ट्याक्ट ट्रेसिङमा खटिने स्वास्थ्यकर्मीलाई बिदा नै नदिई खटाएको पाइएको छ ।
काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागले कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा खटिने जनस्वास्थ्य अधिकृतलाई बिदा नदिएको स्वीकारेको छ । विभाग प्रमुख नरेन्द्रमान वज्राचार्यले जनस्वास्थ्य अधिकृतहरुको कमी भएका कारण वैकल्पिक व्यवस्था गर्न नसकेको जानकारी दिए।

उनले भने– ‘महानगरपालिकाका सबै वडामा खटिनुपर्ने भएकाले बिदाको व्यवस्था गर्न नसकेका हौं ।’ कामपालाई बिदा मिलाएर खटाउनुपर्छ भन्ने विषयमा जानकारी नभएको कारण हालसम्म सबै अधिकृतलाई कोरोना परीक्षण सम्पर्कमा नआएका व्यक्तिलाई खोजी गर्ने र संकलन गरिएको स्वाब परीक्षण गर्न पठाउने काममा खटाइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?