स्पेनमा यस्तो छ कोरोना महामारीका पछिल्लो अवस्था

काठमाडौं । कोरोना संक्रमणको हिसावले १० औँ देश स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय ७९ पुगेको छ । हालसम्म ३ लाख ७६ हजार ८ सय ६४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कुनै संक्रमण देखिएको छैन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ५० हजार १४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९ लाख ४९ हजार ८ सय ५१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ३८ लाख ६ हजार ४ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?