कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था (ताजा विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ५० हजार १४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९ लाख ४९ हजार ८ सय ५१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ३८ लाख ६ हजार ४ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६९ हजार ५ सय ४६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ५६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५३ लाख ८० हजार ३ सय ५८ पुगेको छ । हालसम्म २८ लाख १५ हजार ६ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ३ सय ५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार २ सय ८४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ८० हजार ७ सय ५८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ४ सय २८ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २३ लाख ९ हजार ७ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ६५ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४८ हजार १ सय १७ पुगेको छ । बितेको २४ घण्टामा ६१ हजार ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४ लाख ५६ हजार ७ सय ८५ पुगेको छ । हालसम्म १७ लाख ४८ हजार ७ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ७९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ३ सय ८४ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५७ जनामा कोरोना पुष्टि भएको र १ सय २४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ७ हजार ७ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख १६ हजार ३ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार १० पुगेको छ । हालसम्म ५ लाख ६८ हजार ९ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ३२ हजार २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म पेरुमा २१ हजार ७ सय १३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख ९८ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ४१ हजार ९ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार ८ सय ६६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ९८ हजार ३ सय ८० पुगेको छ । हालसम्म कोरोनाको कारण ५४ हजार ६ सय ३५ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ७ सय ३७ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ३६ हजार ६ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ७ सय ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय ९९ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ८० हजार ३४ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ५३ हजार १ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार २ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय ७९ पुगेको छ । हालसम्म ३ लाख ७६ हजार ८ सय ६४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कुनै संक्रमण देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?