नुवाकोटमा कोरोना संक्रमितको संख्या ६७ पुग्यो, आजै थपिए ३

नुवाकोट । नुवाकोट जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार विदुर नगरपालिकाको २१ वर्षीय पुरुष, तादी गाउँपालिकाको २४ वर्र्षीय पुरुष र दुप्चेश्वर गाउँपालिकाकी एक ३५ वर्षीया महिला रहेकी छिन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको कुल संख्या ६७ पुगेको छ । हालसम्म ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने बाँकी जिल्लाका विभिन्न आइसोलेसनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?