बिहीवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

कोरोना संक्रमण पुष्टि हुनेमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ रहेका छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका ४ जना, भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, धुलिखेल अस्पताल धुलिखेलमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४८ जना र ललितपुरका १ जना, स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १९ जना, भक्तपुरका १ जना र ललितपुरका ७ जना, बिद ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, सुरिया प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका १ जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जना र भक्तपुरका ४ जनामा गरि बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (बिहीवार) थप ५२५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

नेपालमा हिजो (बुधवार) ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?