ललितपुरमा थप ११ जनामा कोरोना पुष्टि

काठमाडौं । ललितपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा २ जना, नेपाल प्रहरी अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना र ह्याम्स अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरका ११ सहित काठमाडौंका १११, र भक्तपुरका ५ गरी १२७ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा बितेको २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?