कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको छ ।

कुल संक्रमित मध्ये ६७.४ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १०४८ जना

प्रदेश २ मा ३४४९ जना

वाग्मती प्रदेश ६२७

गण्डकी प्रदेशमा १४९९ जना

प्रदेश ५ मा ४२२४ जना

कर्णाली प्रदेशमा १९०७जना

सुदूरपश्चिम प्रदेशमा ४०८३ जना

नेपालमा आज (बिहीवार) थप ५२५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?