कोरोनाको कारण थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६ निवासी ४५ वर्षीय पुरुषको साउन २५ गते कोरोनाको कारण रामजानकी अस्पतालमा मृत्यु भएको हो । उनी क्षयारोग तथा मधुमेयबाट ग्रसित रहेका थिए ।

त्यस्तै धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ७ ढल्केवर निवासी ८५ वर्षीय महिलाको हिजो साउन २८ गते मृत्यु भएको हो । उनको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

त्यस्तै अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं ५ निवासी १८ वर्षीय १ पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । उनको हिजो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा मुटु सम्बन्धी समस्या समेत रहेको थियो ।

त्यस्तै मृत्यु हुनेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ३ निवासी ५७ वर्षीय साउन २८ गते (हिजो) निधन भएको हो । मधुमेय तथा उच्च रक्तचापको बिरामी उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?