सकियो ओली-प्रचण्डको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको वार्ता सकिएको छ ।

पार्टी भित्रको आन्तरिक विवाद समाधानको लागि बिहीवार दिउँसो प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो ।

करिब १० दिनपछि दुई अध्यक्षबीचको भेटघाट उपलब्धीमुलक भएको नेकपा निकट स्रोतले लोकपथलाई बताएको छ ।

यसअघि ओली–प्रचण्डबीच गत साउन २० गते बैठक बसेको थियो । त्यसपछि साउन २१ गते साँझ ५ गते वार्ता तय भएको भए पनि बैठक बस्न सकेको थिएन् । भोलीको लागि पुनः बैठक बस्ने गरी वार्ता टुंगिएको स्रोतले जनाएको छ ।

यो पनि

ओली-प्रचण्डको भेटघाट, होला त नेकपा भित्रको विवाद समाधान ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?