ओली-प्रचण्डको भेटघाट, होला त नेकपा भित्रको विवाद समाधान ?

काठमाडौं । लामो समयदेखि उत्कर्षमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटोमा पुगेको दुवै पक्षका नेताहरुले बताएका छन् । बिहीवार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । पार्टीभित्रको समस्या समाधानको बाटोमा दुवै अध्यक्षको कुराकानी केन्द्रीत हुने विषयमा बैठक शुरु भएको नेताहरुको दावी छ ।

विश्व नै कोरोना महामारीमा लढिरहेका बेला नेपालमा भने सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुग्यो । पार्टी भित्रको समस्या समाधानका लागि लामो समय बस्न नसकेको नेकपा स्थायी कमिटी बैठक गत असार १० गतेबाट शुरु भयो ।स्थायी कमिटीले निकाश दिन नसकेको भन्दै सचिवालय र सचिवालयले पनि निकाश दिन नसकेपनि अब केन्द्रीय कमिटी बोलाउने विषयमा समेत एक पक्षका नेताहरुले अर्को पक्षका नेताहरुलाई दवाव दिइरहेका छन् । स्थायी कमिटी बैठक रोकिएपछि अध्यक्षद्वयले पार्टी विवाद समाधानको लागि भन्दै कहिले एक्ला एक्लै त कहिले साक्षी राखेर छलफलमा जुटिरहेका छन् ।

आजको बैठकले केही निष्कर्ष निस्किन सक्ने नेकपाका दोस्रो तहका नेताहरुको विश्वास रहेको छ । दुवै नेताहरुले आ आफ्नो तर्फबाट निरन्तर वार्ताहरु गरिरहेको र केही दिनमा नै समाधान निस्किने नेताहरुको दावी रहेको छ ।

अध्यक्ष ओलीले संवादका क्रममा अब छिट्टै समाधान निस्किने प्रतिवद्धता व्यक्त गरेका छन् । भने अर्का अध्यक्ष प्रचण्डले पनि उनको भनाइमा सहमती जनाउँदै निकास निस्किनेमा आफू ढुक्क रहेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?