म्युजिक भिडियो खेलाईदिन्छु भन्दै जवरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । किशोरीलाई म्युजिक भिडियो खेलाईदिन्छु भन्दै जवरजस्ती करणी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका ३१ वर्षीय डेविट भन्ने शुसिल खड्का रहेका छन् । खडकाले मंगलवार साँझ काठमाडौं जिल्ला कागेश्वरी मनहरा नपा वडा नं ७ विरेन्द्रचोक स्थित भेटघाट रेष्टुरेन्टमा बोलाई १५ वर्षीया किशोरीलाई जवरजस्ती गरेको आरोप रहेको छ ।

उनले ती किशोरीलाई ललाई फकाई वियर समेत खुवाई लठ्याएर राती त्यहि रेष्टुरेण्टको क्याविनमा ईच्छा विपरित जवरजस्ती करणी गरेको अनुसन्धानपछि पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले कोही कसैलाई नभन्नु भनि डरत्रास देखाई भोली पल्ट विहान मात्र छाडि दिएका थिए । ती पीडित किशोरीले कारवाहीको माग गर्दै प्रहरी वृत्त नयाँवानेश्वरमा लागि निवेदन दिएकी थिइन् । घटनामा संलग्न उनलाई आज पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका खडका सिन्धुली भिमान स्थायी घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा नपा वडा नं ७ काँडाघारी थापाचोक बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?